८ बैशाख २०८१, शनिबार

असोज ५ गतेदेखि लामो दूरीको यातायात र आन्तरिक हवाई उडान खुला गर्ने सरकारको निर्णय


मन्त्रिपरिषद्को निर्णय

काठमाडौँ, भदौ २९ । नेपाल सरकारले असोज ५ गतेदेखि आन्तरिक हवाई उडान र लामो दूरीको यातायातका साधन सुचारु गर्न दिने निर्णय गरेको छ । आज सोमबार बेलुकी प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले चैतदेखि बन्द रहेका आन्तरिक उडान र लामो दूरीको यातायात असोज ५ गतेदेखि खुला गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

उनका अनुसार स्वास्थ्य सम्बन्धि मापदण्ड पालना गरेर हवाइ उडान र सार्वजनिक लामो दूरीका यातायात खोल्ने निर्णय भएको हो । सरकारले चैतमा लकडाउन घोषणा गरेयता आन्तरिक उडान बन्द गरेको थियो ।

नेपाल सरकारले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य मनोनयन गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ । आज सोमबार बेलुकी प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रियसभामा रिक्त रहेको एक सदस्य पदमा गौतमको नाम सिफरिस गर्ने निर्णय भएको एक मन्त्रीले जानकारी दिए ।

यो पनि पढ्नुहोस्

बामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा सिफरिस गर्ने मन्त्रिपरिषद्‍को निर्णय

आज बेलुका ५ बजे मन्त्रिपरिषद् बैठक बस्दै, महत्त्वपूर्ण पदमा नियुक्ति हुने सम्भावना


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !