११ बैशाख २०८१, मंगलबार

आज बेलुका ५ बजे मन्त्रिपरिषद् बैठक बस्दै, महत्त्वपूर्ण पदमा नियुक्ति हुने सम्भावना


मन्त्रिपरिषद् बैठक

काठमाडौं, भदौ २९ । आज सोमबार बेलुकी मन्त्रिपरिषद्को बैठक बस्दैछ । आज साँझ ५ बजे बस्ने भनिएको मन्त्रिपरिषद् बैठकले केही महत्वपूर्ण निर्णय गर्ने अपेक्षा गरिएको छ । तर बालुवाटार स्रोतका अनुसार आजको मन्त्रिपरिषद् बैठक नियमित बैठक भएको बताएको छ ।

आकस्मिक बाहेक मन्त्रिपरिषद्को बैठक प्रत्येक साताको आइतबार वा सोमबार बस्दै आएको छ । नेपाल सरकारको प्रवक्ता समेत तोक्ने तयारी भएको बुझिएको छ । सरकारको प्रवक्ताको जिम्मेवारी समेत पाएका अर्थ तथा सञ्चार मन्त्री डा. युवराज खतिवडाले भदौ २० गते राजीनामा दिएसँगै सो पद पनि खाली छ ।

नेपाल बिद्युत् प्रधिकरणको कार्यकारी निर्देशकमा अन्य कुनै चलखेल नभएको अवस्थामा पुनः कुलमान घिसिङलाई नियुक्त गर्ने सम्भावना छ । प्राधिकरणका कार्यकारी निर्देशक घिसिङको ४ वर्षे कार्यकाल हिजो आइतबार सकिएको छ । साथै वामदेव गौतमलाई राष्ट्रियसभामा मनोनयन सम्बन्धि सिफारिस समेत हुने सम्भावना छ ।

यो पनि पढ्नुहोस्

उर्जामन्त्री वर्षमान पुनले भने, ‘ढुक्क हुनुस् हामीले कुलमानको नै म्याद थप्छौं’

क्याबिनेटमा वामदेव गौतम र युवराज खतिवडाको चर्चा परिचर्चा हुँदै

उपप्रधानमन्त्री पद ताकेका बामदेवलाई अर्को चटारो, उपप्रधानमन्त्री बन्ने सपना पुरा होला त ?

प्रधानमन्त्री ओलीको ‘युवराज मोह’ : अझ शक्तिशाली बनाउँदै नयाँ भूमिका दिदै

ओली वामदेवलाई तड्पाउदै : वामदेव ओलीको प्रतिक्षामा

वामदेवलाई महाधिवेशनबाट अध्यक्ष बनाउने ओलीको अर्को उधारो प्रस्ताव !

खतिवडा अर्थमन्त्रीवाट बिदाइ भएपछि प्रधानमन्त्रीका प्रमुख सल्लाहकार बन्ने चर्चा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !