११ बैशाख २०८१, मंगलबार

प्रधानमन्त्री र उपप्रधानमन्त्रीको नयाँ रेकर्ड


Deuba-Gachedar

२७ मंसिर, काठमाडौँ l प्रतिनिधि सभाको प्रत्यक्षतर्फको सबै क्षेत्रको परिणाम सार्वजनिक भएको छ।
यो चुनावबाट १६५ जना सांसद निर्वाचित भएका छन्। ती १६५ जनामध्ये २ जना मात्र यस्ता सांसद छन्, जसले अहिलेसम्म भाग लिएका सबै चुनाव जितेका छन्।
प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले डडेल्धुराबाट र उपप्रधानमन्त्री विजय गच्छदारले सुनसरी–३ बाट चुनाव जितेपछि उनीहरू छैठौं पटक संसदमा पुगेका छन्।
नेपालको संसदीय चुनावमा यो उनीहरुको रेकर्ड हो। उनीहरुले २०४८, २०५१, २०५६ का आमनिर्वाचन र २०६४ र २०७० का संविधान सभा चुनाव जितेका छन्।
पाँचौ पटकसम्म संसदमा पुगेका कांग्रेसका अर्का नेता रामचन्द्र पौडेल भने यसपालि पराजीत भएका छन्।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !