११ बैशाख २०८१, मंगलबार

उपप्रधानमन्त्री पद ताकेका बामदेवलाई अर्को चटारो, उपप्रधानमन्त्री बन्ने सपना पुरा होला त ?


वामदेव गौतम

काठमाडौं, २७ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीका सल्लाहकार विष्णु रिमालले पार्टीका बरिष्ठ नेता माधवकुमार नेपालले अगाडि सारेको एक पद एक व्यक्तिको एजेण्डा अर्थहिन भएको टिप्पणी गरेका छन् । उनले पार्टीमा एक पद एक व्यक्तिको कुरा खासै नउठेको दावी गर्दै त्यो व्यवहारिक पनि नभएको बताए ।

पार्टी भित्र केही महिना अगाडि उत्पन्न विवादप्रति लक्षित गर्दै उनले रिस र आक्रोसका बेला उठाएका विषय पछि आफैलाई घातक हुने भएकाले उठ्न छाडेको तर्क गरे । उनले रिस साम्य भएपछि त्यस्ता एजेण्डा आफैलाइ घातक र व्यवहारिक नभएको महसुस भएर अहिले त्यही एजेण्डा उठाउनेहरुले पनि उठाउन छाडेको उल्लेख गरे ।

पार्टी भित्र बरिष्ठ नेता नेपालको कुनै असन्तुष्टि नरहेको र उनले स्थायी समिति बैठकमा सवै विषयमा सहमती जनाएका पनि नेता रिमालले जानकारी दिए । उनले पार्टीका उपाध्यक्ष बामदेव गौतम राष्ट्रिय सभा सदस्यमा मनोनित हुने तर मन्त्री भने नबन्ने संकेत गरे ।

“सांसद बनाउनका लागि प्रधानमन्त्रीले प्रस्ताव गरि सकेका छन् , तर मन्त्री बन्न त प्रतिनिधि सभामा पराजित उनले भने। नेकपा स्थायी कमिटीले एमसिसी पारित गर्नु पर्ने पक्षमा निर्णय गरेको पनि उनले जानकारी दिए ।-रेडियो एनआरएन


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !