१२ बैशाख २०८१, बुधबार

यस्तो छ ओली-प्रचण्डले स्थायी कमिटीमा पेश गर्न तयार पारेको साझा प्रस्ताव (पूर्णपाठसहित)


ओली-प्रचण्ड

काठमाडौं, भदौ २५ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्षद्वयले पार्टीभित्रको आन्तरिक बिबादलाई हटाउन स्थायी समिति बैठकमा लैजाने साझा प्रस्ताव तयार पारेका छन् । दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालले पार्टीको समस्या समाधान सुझाव कार्यदलले बुझाएको प्रतिवेदन, त्यसमाथि सचिवालय सदस्यले राखेको सुझावलाई समेटेका छन् ।

ओली र प्रचण्डले हिजो बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा ३ घण्टा छलफल गरी साझा प्रस्तावलाई अन्तिम रूप दिएका थिए । १५ पृष्ठको प्रस्ताव अध्ययन गर्न स्थायी समिति सदस्यलाई बाँडिएको छ । नेकपाले भोलि शुक्रबारका लागि स्थायी समिति बैठक बोलाइएको छ ।

गत असार १० देखि बसेको बैठक बीचमा ओलीको राजीनामा मागिएपछि साउन १३ यता अवरुद्ध भएको थियो । १३ साउनमा ओली पक्षले रोक्ने र दाहालसहित वरिष्ठ नेता माधव नेपाल समूहले राख्ने क्रम चलेपछि विवादले चरम अवस्थामा पुगेको थियो ।

स्थायी कमिटीमा पेस गर्ने साझा प्रस्तावको पूर्णपाठ


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !