८ बैशाख २०८१, शनिबार

एमसीसी संशोधनसहित अनुमोदन गर्ने ओली-प्रचण्डको प्रस्ताव


एमसीसी

काठमाडौं, भदौ २५ । अन्तत: सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) कम्प्याक्ट संशोधनसहित संसदबाट अनुमोदन गर्ने भएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा स्थायी कमिटीको स्थायी कमिटीको बैठकमा प्रस्तुत गर्न तयार पारेको प्रस्तावमा आवश्यकता अनुसार परिमार्जन र संशोधन गरी अनुमोदन गर्ने उल्लेख गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा हिजो बुधबार ३ घण्टा छलफल गरी साझा प्रस्तावलाई अन्तिम रूप दिएका थिए । एमसीसीका सन्दर्भमा कम्याक्ट सम्झौता र पार्टीले यसबारे अध्ययन गर्न गठन गरेको कार्यदलले दिएको सुझावका विषयमा स्थायी समिति र सचिवालयमा छलफल गर्ने प्रस्तावमा उल्लेख छ । मिलेनियम च्यालेञ्ज कम्प्याक्ट संझौता र सो सम्वन्धी कार्यदलको प्रतिवेदन उपर स्थायी कमिटी र सचिवालयमा छलफल गर्ने र उक्त सम्झौतालाई राष्ट्रिय हितमा स्पष्ट पार्दै आवश्यकता अनुसार परिमार्जन र संशोधन गरी अनुमोदन गर्ने प्रस्तावमा भनिएको छ ।

असार १८ गते संघीय संसद्को अधिवेशन अन्त्यसँगै अमेरिकी सहयोग सम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँगको सम्झौता पनि अलपत्र परेको थियो। सत्तासीन नेकपाभित्रै एमसीसी विवादमा परेपछि रोकिएको एमसीसी अलपत्र भएको हो। राजनीतिक दाउपेचका कारण विवादित एमसीसी सम्झौता अनुमोदन संसद्मा अड्किएको छ ।

यो पनि पढ्नुहोस्

एमसीसी (MCC) भनेको के हो ?

एमसीसी ‘होल्ड’मा : अर्थमन्त्री खतिवडा

मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) भनेको के हो ?

एमसीसी पारित भए नेपालले भारतलाई विद्युत बेच्न सजिलो हुने : सभापति देउवा

के हो एमसीसी भनेको ? नेपालमा यो लागू गर्ने बारेमा दलका नेताहरु नै किन विभक्त छन् ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !