११ बैशाख २०८१, मंगलबार

बालुवाटारमा ओली-प्रचण्ड वार्ता जारी, नेपालको दुखेको मनमा मलमपट्टी लगाउने


ओली, प्रचण्ड र नेपाल

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता चलिरहेको भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता जारी रहेको बालुवाटार स्रोतले जानकारी दिएको छ ।

दुई नेताहरुबीच शुक्रबार बस्ने स्थायी कमिटी बैठक र त्यसमा पेश गर्ने सहमतिको प्रस्तावबारे छलफल हुने बुझिएको छ । दुवै नेता उक्त प्रस्ताव तयार पार्ने गृहकार्यमा जुटेका छन् । नेकपामा पछिल्लो समय देखिएको विवाद समाधान गर्न बनेको कार्यदलले दिएको सुझाव र कार्यान्वयनका विषयमा कसरी अघि बढ्दा उपयुक्त हुन्छ भन्नेमा छलफलपछि प्रस्ताव तयार गरेर अघि बढ्ने तयारी छ ।

साथै पार्टीका बरिष्ट नेता तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालको दुखेको मनमा मलमपट्टी लगाउने प्रयास गर्ने पनि बुझिएको छ । मुलतः कार्यदलको प्रतिवेदनमा वरिष्ठ नेता नेपाललले राखेको असन्तुष्टिलाई सम्बोधन गर्ने विषयमा ओली प्रचण्ड केन्द्रित रहेको बुझिएको छ ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली र अध्यक्ष प्रचण्डबीच सरकारको बाँकी कार्यकाल ओलीले नेतृत्व गर्ने र प्रचण्डले कार्यकारी अध्यक्ष सहितको जिम्मेवारी लिए पार्टी सञ्चालन गर्नेमा समझदारी बनेको छ । सोही समझदारी भएपछि दुई अध्यक्षले जारी विवादको विवाद समाधान गर्न महासचिव विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन भएको थियो ।

तर पार्टीका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले ओली प्रचण्डबीच भएको सहमतिप्रति चित्त बुझाएका छैनन् । विवाद समाधानको लागि गठित कार्यादलले बुझाएको प्रतिवेदनमा उल्लेख गरेका कतिपय विषयमा स्पष्ट व्याख्या नभएको भन्दै उनले सचिवालय बैठकमा समेत फरक मत राखेका छन् । कार्यदलको प्रतिवेदनमा उल्लेख गरिएको अमूर्त विषयलाई थप स्पष्ट पार्नुपर्ने माग नेता नेपालले राखेका छन् ।

यो पनि पढ्नुहोस्

ओली-प्रचण्डबीच कुरा मिलेपनि नेपालको चित्त यसकारण अझै बुझेन


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !