७ बैशाख २०८१, शुक्रबार

मोरङ ५ मा शिवकुमार मण्डल विजयी


आयल निगमको जग्गा खरिद प्रकरणमा दोषीलाई कारबाही गर्ने - आपूर्ति मन्त्री मण्डल

२३ मंसीर, मोरङ । मोरङ क्षेत्र नं. ५ मा वाम गठबन्धनबाट नेकपा माओवादी केन्द्रका शिवकुमार मण्डल विजयी भएका हुन् । मण्डलले २२९४५ मत ल्याए भने उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका अमृत अर्यालले १९१५३ हजार मत ल्याएका छन् । उहाँले कांग्रेसका अमृत अर्याललाई २७८२ मतले हराउँदै विजयी हुनुभएको हो ।

संघीय समाजवादी फोरमका राजकुमार यादवले १८६४९ मत ल्याएका छन् । क्षेत्र नं. ५ को नतिजा घोषणा भएसँगै मोरङका ६ वटै क्षेत्रको प्रतिनिधिसभातर्फको मतगणना सम्पन्न भएको छ । अहिले प्रदेशसभा सदस्यको मतगणना सुरु गरिएको छ ।

आपूर्ति मन्त्री भएको बेला दरवार मार्गमा अनुगमन गरी चर्चामा आएका विनाविभागीय मन्त्री मण्डलले कांग्रेस र संघीय समाजवादी फोरम नेपालका उम्मेदवारहरुलाई पछि पार्दै विजयी भएका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !