७ बैशाख २०८१, शुक्रबार

फराकिलो मातान्तरसहित वाम गठबन्धन अगाडि


election count

२२ मंसिर, काठमाडौं । पहिलो चरणमा निर्वाचन भएका ३२ वटा उच्च पहाडी र हिमाली जिल्लाको मतगणनाको परिणाम आउने क्रम जारी छ। त्यहाँ प्रतिनिधिसभाको ३७ र त्यसको दोब्बर संख्यामा रहेका प्रदेशसभा निर्वाचन क्षेत्रमा वाम गठबन्धन फराकिलो अन्तरसहित अगाडि छ। अनौपचारिक रुपमा नतिजा नै सार्वजनिक गरिएका अधिकांश क्षेत्रमा कांग्रेस निकट्तम प्रतिद्वन्द्वी मै सीमित हुन पुगेको छ।

नेपाली कांग्रेसका एकजना वरिष्ठ नेताले पहिलो चरणको प्रारम्भिक मतपरिणामबाट सन्तोषजनक नभएको प्रतिक्रिया दिएका छन्। दोस्रो चरणको परिणाम आफ्नो पक्षमा आउने आशा व्यक्त गर्दै कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भने, “दोस्रो चरणको भर्खर गणना हुन लागेकाले त्यसबारे प्रतिक्रिया जनाउने बेला भएको छैन । तर पहिलो चरणको जे-जति परिणाम आएको छ त्यसमा सन्तुष्टि लिने ठाउँ देख्दिन।”

नेता पौडेलको आशावादी नजर अब दोस्रो चरणमा मतदान भएका मतपेटिकामाथि टिकेको छ। प्रतिनिधिसभाका १२८ र त्यसको दोब्बर २५६ वटा प्रदेशसभा क्षेत्र रहेका ४५ जिल्लामा दोस्रो चरणमा मतदान भएको थियो।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !