११ बैशाख २०८१, मंगलबार

अर्थमन्त्री डा. युवराज खतिवडाले दिए राजीनामा


प्रधानमन्त्री ओली र डा. युवराज खतिवडा

काठमाडौं, भदौ १९ । नेपाल सरकारका प्रवक्ता एवं अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले राजीनामा दिएका छन् । शुक्रबार साँझ प्रधानमन्त्री केपी ओलीलाई राजीनामा दिएका हुन् । राजीनामा दिनु अघि उनी अर्थ मन्त्रालयमा आयोजित बिदाई कार्यक्रममा सहभागी भएका थिए ।

राष्ट्रियसभाको रिक्त एक पदमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई सरकारले सिफारिस गर्ने निर्णयमा पुगेको जानकारी प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठकमा गराएका थिए । नेकपा सचिवालय बैठकले बिहीबार मात्र राष्ट्रियसभामा गौतमलाई सिफारिस गर्ने निर्णय गरेको थियो ।

नेकपाको यो निर्णयसँगै खतिवडाको संसद बन्ने बाटो बन्द भएको छ । तत्कालका लागि संसद बन्ने बाटो बन्दै भएसँगै उनको मन्त्री पद समेत भोलि शनिबारबाट स्वत: सकिदैछ । प्रधानमन्त्री केपी ओलीले अहिलेसम्म अप्ठ्यारो बेला सरकारमा बसेर काम गरेकोप्रति अर्थमन्त्री खतिवडालाई धन्यवाद दिएका छन् । खतिवडा सांसद नभई नै ६ महिनासम्म मन्त्री बनेका थिए ।

खतिवडाले अर्थमन्त्रालयलाई व्यवसायिक मर्यादामा राख्न जोडबल गरिरहे । खतिवडाले सुरुबाटै नेपालको वैदेशिक व्यापारको असन्तुलनलाई सम्वोधन गर्ने प्रयास गरेका थिए । पहिलो वर्षबाटै उनले विदेशबाट भित्र्याइने बिलासी वस्तुहरुमा उच्च कर लगाउने र स्वदेशबाट बाहिर जाने वस्तुहरुलाई विभिन्न सहुलियत दिने रणनीति लिएका थिए । यो नीतिको असर नेपालको वैदेशिक व्यापार सन्तुलनमा देखिएको छ ।

यो पनि पढ्नुहोस्

तत्काल मन्‍त्रिपरिषद् पुनर्गठन हुँदैन, ढुक्कले काम गर्नुस् : प्रधानमन्‍त्री ओली

अन्तत: अर्थमन्त्री खतिवडाले दिने भए राजीनामा

खतिवडा अर्थमन्त्रीवाट बिदाइ भएपछि प्रधानमन्त्रीका प्रमुख सल्लाहकार बन्ने चर्चा

बालुवाटारमा मन्त्रिपरिषद्काे बैठक जारी, वामदेवलाई राष्ट्रियसभा सदस्यमा सिफारिस गर्ने


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !