७ बैशाख २०८१, शुक्रबार

बाढीपहिरा पीडितको उद्धार र सहयोगका लागि मसालको आग्रह


मोहनविक्रम सिंह

काठमाडौँ, १९ भदौ । नेकपा(मसाल)ले बागलुङको ढोरपाटनमा आएको बाढीपहिराबाट पीडितको उद्धार र सहयोगका लागि सबैलाई अनुरोध गरेको छ । मसालका महामन्त्री मोहनविक्रम सिंहले बिहीबार विज्ञप्ति जारी गरी बेपत्ताको खोजतलासमा जोड दिन अनुरोध गर्नुभएको छ ।

बुधबार रातिको बाढी र पहिराले बागलुङको ढोरपाटन नगरपालिका–९ बोबाङमा बस्तीमा क्षति पु¥याएको थियो । केही मानिसले भागेर ज्यान बचाए भने कतिलाई भाग्ने क्रममै खोलाले बगाएको थियो । बगाएकामध्ये केहीको अधिकारीचौर, बुर्तिवाङ र बडिगाड गाउँपालिकासम्म शव भेटिएका छन् । आज बिहानसम्म १४ शव भेटिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !