४ बैशाख २०८१, मंगलबार

बामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा सिफारिस गर्ने नेकपाको निर्णय


नेपाल सरकारको सिफारिसमा

८ भदौ, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा पठाउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले उक्त निर्णय गरेको हो ।

आजको बैठकमा राष्ट्रियसभाको रिक्त एक सदस्य पदमा उपाध्यक्ष बामदेव गौतम वा डा. युवराज खतिवडा कसलाई पठाउने भन्नेमा छलफल भएर गौतमलाई पठाउने निर्णय गरिएको हो । नेकपा सचिवालयको बैठकले राष्ट्रपतिले मनोनित गर्ने खाली १ सिटमा गौतमलाई मनोनयन गर्न सिफारिस गर्ने निर्णय गरेको हो ।

बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष गौतमलाई पार्टी निर्णय अनुरूप राष्ट्रिय सभाको सदस्यमा सिफारिस गर्ने बैठकलाई जानकारी गराएका थिए ।बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले प्रधानमन्त्रीले राष्ट्रियसभाको रिक्त एक सदस्यमा गौतमलाई मनोनयन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने बैठकलाई जानकारी गराएको बताए ।

यो पनि पढ्नुहोस्

अर्थमन्त्रीमा डा. युवराज खतिवडा दोहोरिने सम्भावना न्यून

बामदेव गौतम राष्ट्रियसभामा जान तयार : युवराज खतिवडाको पद डेन्जर जोनमा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु