८ बैशाख २०८१, शनिबार

नेकपा सचिवालय बैठक दिउँसो ३ बजेसम्मका लागि स्थगित


नेकपा सचिवालय बैठक

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बिहान ११ बजे बस्ने भनिएको सचिवालय बैठक सरेको छ । उक्त बैठक ४ घण्टापछि सरेर दिउसो ३ बजे बस्ने भएको छ ।

११ बजेका लागि बोलाइएको पूर्वनिर्धारित बैठक दिउँसो ३ बजे बस्नेगरी सरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए । प्रयाप्त गृहकार्य नपुगेको भन्दै बैठक सारिएको बताइएको छ ।

आजको बैठकमा राष्ट्रियसभाको रिक्त एक सदस्य पदमा उपाध्यक्ष बामदेव गौतम वा डा. युवराज खतिवडा कसलाई पठाउने भन्नेमा छलफल गरेर निर्णय गर्ने बुझिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !