७ बैशाख २०८१, शुक्रबार

अर्थमन्त्री खतिवडा पुनर्नियुक्तिः ओली–दाहाल मत बाझियो


ओली-प्रचण्ड बीच बालुवाटारमा छलफल शुरु

भदौ १६, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाको राष्ट्रिय सभा सदस्य पुनर्नियुक्तिका विषयमा नेकपाका दुई अध्यक्षबीच मत बाझिएको छ । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी ओलीले अतिवडालाई राष्ट्रिय सभा सदस्यमा पुनः दोहोर्याउन अध्यक्ष पुष्पकमल दाहालसँग प्रस्ताव गरेका थिए । तर यसमा दाहाल सकारात्मक नभएको स्रोतले बताएको छ ।

दाहालले भने पार्टी सचिवालयमा छलफल गरेर यस विषयमा निर्णय लिनुपर्ने मत ओलीसँगको छलफलका क्रममा राखेका छन् । नेकपामा दुई अध्यक्षको शक्ति संघर्ष मत्थर भएको बताइरहँदा खतिवडाको पुनर्नियुक्तिको विषयले फेरि मत बाझिन थालेको हो । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !