११ बैशाख २०८१, मंगलबार

पार्टी भनेको बिचार र विधि हो : अध्यक्ष दाहाल


पुष्पकमल दाहाल

काठमाडौँ, भदौ १५ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी भनेको बिचार र विधि भएको धारणा व्यक्त गरेका छन् । सामाजिक संजाल फेसबुकमा एउटा आफ्नो फोटो सहितको स्टाटस लेख्दै उनले सो कुरा बताएका छन् ।

साथै उनले लेखेका छन्, ”विचार मात्रैले पनि पार्टी बन्दैन र विधि मात्रैले पनि पार्टी बन्दैन । अझ कम्युनिष्ट पार्टी भनेको विचार र विधिको वैज्ञानिक संयोजन हो ।” नेकपामा पूर्ण कार्यकारी अध्यक्षको भूमिका पाएका दाहालले कम्युनिष्ट पार्टी भनेको विचार र विधिको वैज्ञानिक संयोजन हो भन्दै भावी नेकपालाई बिधि र विचारको आधारमा हाक्ने संकेत गरेको विश्लेषण गर्न सकिन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !