१३ बैशाख २०८१, बिहिबार

नेकपा सचिवालय बैठक भदौ १८ गतेसम्मका लागि स्थगित


नेकपा सचिवालय बैठक

काठमाडौं, भदौ १२ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ । नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच शुक्रबार छलफल गरेर भोलि शनिबार बस्ने तय भएको बैठक भदौ १८ गतेसम्मका लागि स्थगित गरिएको हो ।

पार्टीको विवाद समाधानका लागि कार्यदलले बुझाएको प्रतिवेदन लगायतका विषयमा छलफल गर्ने बैठकको तयारी थियो । कोरोनाको प्रकोप बढ्दै गएपछि बैठकको सारिएको एक नेताले जानकारी दिए । ती नेताका अनुसार कोभिड-१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी) मा कार्यालय सहयोगीलाई संक्रमण देखिएको छ । जसको कारण सचिवालय सदस्य समेत रहेका उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा बादल आइसोलेसनमा बस्नुपर्ने भएकाले बैठक स्थगित गरिएको हो।

नेकपाका बरिष्ठ नेता झलनाथ खनालले कोरोनाका कारण बैठक स्थगित गर्नुपरेको जानकारी दिए । शनिबार बस्ने सचिवालय बैठकमा कार्यदलले बुझाएको प्रतिवेदन लगायतका विषयमा छलफल गर्ने तयारी थियो । पार्टीमा ओलीको राजीनामा मागिएपछि बढेको विवाद समाधान गर्न दुई अध्यक्षले गत साउन ३० गते कार्यदल गठन गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !