४ बैशाख २०८१, मंगलबार

आउने हप्ताभित्र मन्त्रिमण्डल पुर्नगठन गर्ने ओलीको तयारी, को-को मन्त्री बन्ने ?


प्रधानमन्त्री केपी शर्मा ओली

काठमाडौं, ११ भाद्र । नेपाल कम्युनिस्ट पार्टीको विवाद समाधानको लागि बनाएको कार्यदलले मन्त्रीमण्डल पुर्नगठन र महाधिवेशन गर्ने विषय समेत उल्लेख गरी सुझाव दिएको छ । ओलीले महेश बस्नेत र कृष्णलाल श्रेष्ठलाई पनि समावेश गर्ने चर्चा छ । सांसद हारेका बामदेव गौतमलाई उपप्रधानमन्त्रीसहित महत्वपूर्ण मन्त्रालय दिने चर्चा छ ।

प्रचण्डको कोटाबाट जर्नादन शर्मा र पम्फा भुषालको सम्भावना बलियो छ । देव गुरुङले पनि यसपटक मौका पाउन सक्छन् । माधव नेपालको कोटाबाट भीम रावल, गोकर्ण बिष्ट र कृष्णलाल महर्जनको सम्भावना बलियो छ । सुरेन्द्र पाण्डे झलनाथ खनाल र माधव नेपाल दुवैले प्रस्ताव गर्नेमा पर्छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु