६ बैशाख २०८१, बिहिबार

बालुवाटारमा मन्त्रिपरिषद्काे बैठक जारी


मन्त्रिपरिषद्काे बैठक

९ भदौ, काठमाण्डौ । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक जारी रहेको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले नियमित मन्त्रिपरिषद्को बैठक जारी रहेको जानकारी दिएका छन् । केहीबेरअघि शुरु भएको मन्त्रिपरिषदको नियमित बैठकले केही महत्त्वपूर्ण निर्णयहरु गर्ने सम्भावना रहेको छ ।

काठमाडौँ उपत्यकाका ३ वटै जिल्लाका जिल्ला संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) को बैठकले जारी निषेधाज्ञा १ साता थप गरी भदौ १७ गते मध्यरातिसम्म लम्ब्याउन सिफारिस गरेको छ । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरु, उपत्यकाका मेयर तथा कोभिड-१९ जिल्ला संकट व्यवस्थापन केन्द्रका केही पदाधिकारीहरु सहभागी बैठकले यस्तो सिफारिस गरेको काठमाडौं जिल्ला प्रशासन कार्यालय स्रोतले बताएको छ ।

यसअघि भदौ ३ गतेदेखि १० गते मध्यरातिसम्म तीन जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञाका क्रममा अत्यावश्यक काम बाहेकमा पनि मानिसहरुको आवतजावत नरोकिएको भन्दै कडाई गर्ने तयारी पनि प्रशासनको छ ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !