१३ बैशाख २०८१, बिहिबार

प्रहरी र मधेसवादी दलका कार्यकर्ता वीच झडप : ५ घाइते


राजपा र प्रहरी विच झडप

१५ मंसिर, रौतहट । रौतहटको गरुडा नगरपालिका ५ महमदपुर गतराती तनावग्रस्त भयो । मधेस आन्दोलनका दृष्यहरु प्रोजेक्टरको माध्यमबाट देखाउँदै राजपाले चुनाव प्रचार गरिरहेको बेला प्रहरीले हस्तक्षेप गरेर रोक्न खोज्दा झडप भएको हो ।

महमदपुरमा प्रोजेक्टर नियन्त्रणमा लिन खोजेपछि मधेसवादी दलका कार्यकर्ताले प्रहरीलाई घेरा हालेका थिए । त्यसपछि प्रहरीले हवाई फायर र टियर ग्यास प्रहार गरेको थियो । गाउँका चोक-चोकमा पुगेर पनि प्रहरीले टियर ग्यास प्रहार गरेको स्थानीयबासीको दावी छ।

झडपमा बालकसहित पाँचजना घाइते भएका छन् । उनीहरुको रौतहटका चपुर, गरुडा र गौरका अस्पतालहरुमा उपचार भइरहेको छ । प्रहरीतर्फ पनि घाइते भएको भनिए पनि संख्या खुलाइएको छैन।

स्थानीयले ५० राउन्ड हवाइ फायर भएको दावी गरे पनि प्रहरी स्रोतका अनुसार करिब २० राउण्ड हवाइ फायर भएको जानकारी छ। स्थिति तनावग्रस्त भएपछि राति नै महमदपुरमा सशस्त्र प्रहरीको थप फोर्स झिकाइएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !