७ बैशाख २०८१, शुक्रबार

रामचन्द्र होइन, म मात्र देउवालाई हराउन सक्छु : महामन्त्री कोइराला


डा. शशांक कोइराला

काठमाडौं, भदौ ८ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले आफू १४ औं महाधिवेशनमा सभापति उठ्ने बताएका छन् । बरिष्ट नेता रामचन्द्र पौडेलले शेरबहादुर देउवालाई पराजित गर्न नसक्ने भएकोले आफूले मात्र देउवालाई हराउन सक्ने दाबी गरेका छन् ।

आउँदो महाधिवेशनमा पुन: सभापति पदमा शेरबहादुर देउवा उठ्ने चर्चा चलिरहेको बेला कोइरालाले न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै सो कुरा व्यक्त गरेका हुन् । नेपाली कांग्रेसको महाधिवेशन फागुन ७ देखि काठमाडौंमा हुँदैछ ।

कोइराला यसअघि २०७२ सालमा भएको १३ औं महाधिवेशनमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट उठेका थिए । त्यसबेला पौडेल देउवासँग हारे, कोइराला महामन्त्रीमा विजयी भएका थिए । कोइरालाले आउँदो महाधिवेशनमा वरिष्ठ नेता पौडेलले सभापति देउवालाई पराजित गर्न नसक्ने पनि बताएका हुन् ।

उनले सभापतिमा पौडेल, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला उठ्ने चर्चा भएपनि आफूले मात्रै शेरबहादुर देउवालाई हराउने सक्ने बताएका हुन् । उनले महाधिवेशन नजिकिएका बेला सभापति देउवाले धमाधम विभाग गठन गरेकोमा असन्तुष्टि जनाए ।

देउवाले अरूका कुरा नसुनेर मनलाग्दी गरेको कोइरालाको दाबी छ । उनले आफू सभापति भएपछि सबैभन्दा पहिले पार्टीलाई एकजुट बनाउने बताए । फागुन ७ देखि नै महाधिवेशन गर्ने पक्षमा आफू रहेको पनि उनले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !