१३ बैशाख २०८१, बिहिबार

कांग्रेसले गर्छ संबिधान संशोधन : प्रधानमन्त्री देउवा


PM-sher-bahadur-deuba

१५ मंसीर, बिरगंज । नेपाली कांग्रेसका सभापति प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसले संविधान संसोधनको काम पूरा गर्ने बताएका छन् । वीरगन्जमा बिहीबार आयोजित चुनावी सभालाई सम्बोधन गर्न पुगेका प्रधानमन्त्री देउवाले कांग्रेस पार्टी सधै मधेसको जनताको पार्टी रहेको दाबी गरेका छन्।

सभालाई संशोधन गरेपछि पर्साबाट कांग्रेसको तर्फबाट उम्मेदवार बनेकाहरुको सूचीमा उल्लेखित नामहरु वाचन गरेर ती सबैलाई जिताउन आग्रह गर्दै भोट मागेर फर्के। बिहीबार आयोजित चुनावी सभामा कांग्रेस सभापति देउवाले एकदलीय कम्युनिष्ट शासन स्थापना गर्ने प्रयास भइरहेको भन्दै सचेत रहन सबैसँग आग्रह गरे।

‘नेपाली कांग्रेस र लोकतान्त्रिक गठबन्धनका सबै उम्मेदवारहरुलाई बहुमतसाथ जिताउनुस, संविधानमा आवश्यक संशोधन हामी गर्छौ,’ देउवाले भने, ‘कम्युनिष्टले जिते लोकततन्त्र खतरामा पर्ने छ अहिले देश र लोकतान्त्रिक गणतन्त्रलाई जोगाउने काँग्रेस नै एकमात्र शक्ति छ’।

‘स्थानीय तहको निर्वाचन सम्पन्न भएर अब प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सम्पन्न भएपछि देशले राजनीतिक स्थायित्व पाउने छ,’ उनले भने ‘मुलुकलाई संक्रमणकालबाट मुक्त गर्दै राजनीतिक स्थायित्व दिने दिशामा नेपाली कांग्रेस नेतृत्वको सरकार लागिपरेको छ । राजनीतिक स्थायित्व र आर्थिक समृद्धितिर देशलाई लैजान यो निर्वाचन महत्वपुर्ण हुने छ ।’ संविधान कार्यान्वयनपछि मुलुकमा राजनीतिक स्थायित्व आउने प्रधानमन्त्री देउवाले विश्वास जनाए।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन एक साता मात्र बाँकी रहेको बेला प्रधानमन्त्री देउवा चुनाव प्रचारका क्रममा वीरगन्ज आइपुगेका थिए । कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्य रमेश रिजाल, केन्द्रीय सदस्य तथा श्रम मन्त्री फर्मुला मन्सुर, केन्द्रीय सदस्य अजय चौरसिया, नेता सुरेन्द्र प्रसाद चौधरी, जनार्दन सिंह क्षेत्री बाराका लालबाबु सिंह लगायतको मञ्चमा उपस्थिती थियो।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !