१२ बैशाख २०८१, बुधबार

लोकतन्त्र र कम्युनिष्ट शासनमध्ये कुनै एक रोज्नुपर्ने समय : प्रधानमन्त्री


PM-sher-bahadur-deuba

१३ मंसिर, पोखरा । पोखराको अमरसिंह चोकमा बुधबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले लोकतन्त्र र कम्युनिष्ट शासनमध्ये कुनै एक रोज्ने अधिकार जनताको हातमा रहेको बताए। प्रधानमन्त्री शेरबहादुर देउवाले कम्युनिष्टहरुले वाम गठबन्धनको नाममा राज्यसत्ता कब्जा गरी एकतन्त्रीय तानाशाही व्यवस्था लागू गर्न खोजेका आरोप लगाएका छन्।

‘यदि वाम गठबन्धनको नाममा कम्युनिष्टहरुले बहुमत ल्याए भने एकतन्त्रीय तानशाही व्यवस्था लागू गर्छन्, त्यसमा जनतालाई लेखपढ गर्ने अधिकार हुँदैन, आफ्नो सम्पति माथिको अधिकारसमेत हुने छैन’ प्रधानमन्त्रीले भने,‘मुलुकको समृद्धि र विकास चाहने हो भने कांग्रेसलाई जिताउनुको विकल्प छैन।

२००७ सालमा तानाशाही राणा शासन हटाएको, पञ्चायती व्यवस्था फालेर प्रतातन्त्र पुनः स्थापना गरेको भन्दै प्रधानमन्त्रीले तत्कालिन राजा ज्ञानेन्द्र शाहले शासन सत्ता हातमा लिएपछि कांग्रेसकै नेतृत्वमा सुरु भएको आन्दोलनले मुलुकमा गणतन्त्र स्थापना गरेको बताए।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !