७ बैशाख २०८१, शुक्रबार

बाढीपीडितको लागि राहत बोकेर गृहमन्त्री, भीम रावल र सांसदसहितको टोली अछाम प्रस्थान


रामबहादुर थापा

५ भदौ, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा (बादल)सहितको टोली बाढी पीडितहरुका लागि राहत सामग्री लिएर आज त्यसतर्फ प्रस्थान गरेको छ । अछामको रामारोशन गाउँपालिकाका बाढी पीडितहरुका लागि राहत सामग्री लिएर गृहमन्त्रीसहितको टोली शुक्रबार बिहान नेपाली सेनाको स्काई ट्रकमार्फत् काठमाडौंबाट अछामतर्फ प्रस्थान गरेको हो ।

टोलीमा गृहमन्त्री बादल, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, नेकपा नेता एवम् सांसद भीम रावल, सांसदहरु शेरबहादुर कुँवर र तारामान कुँवर, गृहमन्त्रीका विज्ञ सल्लाहकार सूर्य सुवेदी ‘पथिक’, गृहमन्त्रीका सुरक्षा सल्लाहकार डा. इन्द्रजित राई, विपद जोखिम न्यूनीकरण प्राधिकरणका प्रमुख अनिल पोखरेललगायत छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !