७ बैशाख २०८१, शुक्रबार

प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक जारी


मन्त्रिपरिषद्को बैठक

काठमाडौँ, भदौ १ । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषदको बैठक जारी रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीवार साँझ ५ बजेको लागि मन्त्रिपरिषद् डाकेका थिए । यसअघि गत सोमवार मन्त्रिपरिषद् बैठक बसेको थियो ।

पछिल्लो समय नेपालमा कोरोना संक्रमणको जोखिम बढिरहेको छ । आज बस्ने बैठकले कोरोना रोकथाम तथा नियन्त्रणको लागि भावी योजनाहरुको बारेमा छलफल हुने बुझिएको छ । साथै केहि महत्वपूर्ण निर्णय हुन सक्ने पनि अपेक्षा गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !