६ बैशाख २०८१, बिहिबार

निषेधाज्ञा र कर्फ्यू लगाउने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिने मन्त्रिपरिषद्को निर्णय


मन्त्रिपरिषद् बैठक

काठमाडौँ, भदौ २ । नेपाल सरकारले कोरोना भाइरस (कोभिड-१९) संक्रमणको जोखिम रहेका क्षेत्रमा निषेधाज्ञा जारी गर्ने र कर्फ्यू लगाउने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को हिजो सोमबार बालुवाटारमा बसेको बैठकले जिल्ला कोभिड-१९ संकट व्यवस्थापन समितिले कोरोना संक्रमणको जोखिमको अवस्था विश्लेषण गरी निषेधाज्ञा जारी गर्ने र आवश्यक परे कर्फ्यू लगाउने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिइएको नेपाल सरकारका प्रवक्ता एवं अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले मन्त्रालयमा भएको पत्रकार सम्मेलनमार्फत जानकारी दिएका हुन् ।

सरकारले जारी गरेको निर्देशन, स्वास्थ्य मन्त्रालयले जारी गरेका मापदण्डहरू पालना गर्न सबैलाई आग्रह गर्दै पालना नगरेको खण्डमा कारबाही गर्न गृहमन्त्रालय र जिल्ला प्रशासन कार्यालयलाई निर्देशन समेत दिएको छ ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !