६ बैशाख २०८१, बिहिबार

धनकुटामा मन्त्री थापालाई लक्षित गरी बम विष्फोट


Sunil Bahadur Thapa

८  मंसिर, धनकुटा । उद्योग मन्त्री तथा प्रतिनिधि सभाका उम्मेदवार सुनील बहादुर थापालाई लक्षित गरी धनकुटामा बम विष्फोट भएको छ । आज शुक्रबार धनकुटाको खाल्सा छिन्ताङ सहिद भूमी गाउँपालिकाको साप्तिङटार नजिक फक्सिङ खोलामा अज्ञात समुहले विहान साँढे ७ बजेतिर बम विष्फोट गराएको छ ।

राप्रपा प्रजातान्त्रिकका महामन्त्री समेत रहेका मन्त्री थापा चुनावी अभियानका क्रममा साप्तिङटार जादै थिए । सो समुहले मन्त्रीलाई लक्षित गरी बम विष्फोट गराउने प्रयास गरेका थिए ।

उनीहरुले मन्त्री चढेको गाडीलाई लक्षित गरेको भएपनि मन्त्री सवार गाडी बढिसकेकाले कुनै क्षति भएन । साप्तिङटारमा आज प्रदेश नं. १ का प्रदेशसभा उम्मेदवार मनोहर नाराणण श्रेष्ठसहितको टोली पनि चुनावी कार्यक्रममा सहभागी छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !