१३ बैशाख २०८१, बिहिबार

पार्टी विभाजनलाई रोक्न सांसद भट्टराईसहित ६१ जना सांसदहरूले थाले हस्ताक्षर अभियान


पार्टी विभाजन

काठमाडौँ, २५ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसदहरुले पार्टी एकतालाई सुदृढ पार्न दबाब दिने भन्दै हस्ताक्षर गरेका छन् । नेकपाका ६१ जना सांसदहरूले पार्टी विभाजनलाई रोक्न र एकतालाई सुदृढ पार्ने कुरामा हस्ताक्षर गरेका छन् ।

आइतबार दिउँसो पत्रकार सम्मेलन गर्दै सांसद विशाल भट्टराईले कोरोना भाइरसको महामारीमा केपी शर्मा ओली र प्रचण्डले गाईजात्रा देखाएको बताएका छन् । कोरोनको महामारी कोरोनासँग लड्ने समयमा पार्टीभित्र कुर्सिको खेल भएको बताएका छन् ।

पत्रकार सम्मेलन गर्दै उनीहरूले शीर्ष नेताहरूलाई पार्टीको महाधिवेशनको तयारीमा जुट्न र कोभिड-१९को रोकथाममा लाग्न आग्र गरेका हुन् । ‘अहिले पार्टीमा देखिएको अन्तरविरोधले अन्यौल बढेको छ भने पार्टी विग्रहमा जाने खतरा बढेको छ,’ हस्ताक्षरकर्ताहरूका तर्फबाट बोल्दै सांसद सुरेशकुमार राईले भने,‘ शीर्ष तहमा देखिएको अन्तरविरोधलाई सहयोग गर्न सकिन्न । हामी एकताको महाधिवेशनसम्म सामूहिक पहलमा एकतावद्ध रहन्छौं। पार्टी विवादमा हुने मिडियावाजी, भेला कहिँ पनि सहभागी हुँदैनौं ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !