७ बैशाख २०८१, शुक्रबार

राप्रपा त्यागेर काँग्रेसमा प्रवेश गरेका सुनिल थापा अवैधानिक सहमहामन्त्री भएको पौडेलको खुलासा


रामचन्द्र पौडेल

काठमाडौं, २३ साउन । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले राप्रपा त्यागेर काँग्रेसमा प्रवेश गरेका सुनिल बहादुर थापालाई दिएको सहमहामन्त्रीको जिम्मेबारी अवैधानिक भएको दावी गरेका छन् ।

पार्टीको विधानमा हुदै नभएको सहमहामन्त्री पद सभापतिले दिएर नहुने उनले बताए । फोरम लोकतान्त्रीक त्यागेर काँग्रेसमा प्रवेश गरेका विजय कुमार गच्छदारलाई उपसभापति बनाइएको भने बैधानिक नै भएको उनको भनाई छ ।

उनले गच्छदारलाई पार्टीले केन्द्रीय समितिले निर्णय गरेर उपसभापति बनाएको तर थापालाई सहमहामन्त्री बनाउदा भने केन्द्रीय समितिले निर्णय नगरेको बताए ।

उनले थापलाई सहमहामन्त्री बनाएको विषयमा असन्तुष्टि जनाउदै नयाँलाई जिम्मेबारी दिदाँ पुरानालाई अपमान नहुनेगरी गर्नुपर्नेमा उनले जोड दिए ।-रेडियो एनआरएनबाट/File photo


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !