१३ बैशाख २०८१, बिहिबार

ओली-प्रचण्ड बीचको भेटवार्ता अन्तिम समयमा आएर स्थगित


ओली-प्रचण्ड बीच बालुवाटारमा छलफल शुरु

काठमाडौं, साउन २१ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको भेटवार्ता स्थगित भएको छ । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सुर्य थापाले दिएको जानकारी अनुसार बुधबार साँझ ५ बजे हुने भनिएको भेटवार्ता स्थगित भएको हो । थापाका अनुसार अर्को भेटवार्ता भोलि बिहीबार बिहान हुनेछ ।

कोरोना महामारीले आक्रान्त नेपाली जनता सत्तारुढ दल नेकपाका यी दुई अध्यक्षहरु निष्कर्षबिहिन बार्ताले वाक्कदिक्क भएका छन् । खाली जहिले बार्ता भनेर बालुवाटारमा बस्ने तर सहमति ननिकाली सत्ताको गाईजात्रा देखाउदा जनतामा बितृष्णा पैदा भएको राजनीतिक विश्लेषकहरु बताउछन् ।

एउटा जिम्मेवार पत्रकारलाई पनि यो समाचार तयार पार्न अव त दिक्क लाग्न थालेको छ तर पेशाको धर्म त निभाउनु नै पर्यो नि । ‘इनफ इज इनफ’ अभियानको नेतृत्वमा पिसिआर परीक्षणको दायरा बढाउनुपर्ने भन्दै गरिएको प्रदर्शनमा काठमाडौँमा हजारौ सचेत यूवाहरु सडकमा आउनुले के स्पष्ट हुन्छ भने वर्तमान राजनीतिक दलवाट जनताहरु वाक्कदिक्क भई सकेका छन् ।

हुन पनि व्यक्तिगत महत्वाकांक्षाले गर्दा पार्टीको आन्तरिक विवाद मिलाउन शीर्ष नेतृत्व असफल हुदै जाँदा आगामी चुनावमा जनताको अभिमत कता जाने हो अनुमान गर्न गार्हो छ । व्यक्तिगत स्वार्थ, नातावाद, कृपावादको सोचले ग्रसित नेपाली राजनीतिक दलहरु पतनको बाटोमा लागिरहेका छन् । बिनास काल बिपरित बुद्धि भनेको यहि हो ।

सत्तापक्ष र प्रतिपक्ष दल सवैले आफ्नो सोचमा आमुल परिवर्तन ल्याई देशको विकास र जनताको जीवन स्तर उठाउने सोचमा लाग्नु जरुरी छ । आम जनतामा चरम निराशा र राजनीतिक बितृष्णा पैदा भई सक्यो । राजनीति राज्यको नीति तथा अवधारणा भएकोले यसको सम्वन्ध सभ्यता, संस्कार र संस्कृतिसंग जोडिएको हुन्छ ।

राजनीति पेशा होइन, राजनीति विशुद्ध सामाजिक सेवा हो, यसलाई कदापी पनि कमाई खाने भाँडो बनाउनु हुन्न । राजनीति भनेको नैतिकताको व्यापक रूप तथा सम्भावनाको कला हो, यसको उपयोग मानव कल्याणमा हुनुपर्दछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु