१३ बैशाख २०८१, बिहिबार

बालुवाटारमा ओली-प्रचण्डको गाईजात्रावाट जनता वाक्कदिक्क


ओली प्रचण्ड

काठमाडौँ, २० साउन । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवाद मिलाउन अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज पनि छलफल जारी रहेको छ । कोरोना महामारीले आक्रान्त नेपाली जनता सत्तारुढ दल नेकपाका यी दुई अध्यक्षहरु निष्कर्षबिहिन बार्ता, छलफलले वाक्कदिक्क भएका छन् ।

खाली जहिले बार्ता भनेर बालुवाटारमा बस्ने तर सहमति ननिकाली सत्ताको गाईजात्रा देखाउदा जनतामा बितृष्णा पैदा भएको राजनीतिक विश्लेषकहरु बताउछन् । हुन् पनि व्यक्तिगत महत्वाकांक्षाले गर्दा पार्टीको आन्तरिक विवाद मिलाउन शीर्ष नेतृत्व असफल हुदै जाँदा आगामी चुनावमा जनताको अभिमत कता जाने हो अनुमान गर्न गार्हो छ ।

यही साउन १९ गतेदेखि आपसी संवाद बढाएका उनीहरुका साथ आजको छलफलमा पनि वरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उपनेता सुवास नेम्वाङ सहभागी भएको नेकपाका प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिए ।

उनीहरुबीच सोमबार पनि भेटवार्ता भएको थियो । उनीहरुबीच विचार माझ्ने गरी छलफल हुन थालेको र स्थिति सकारात्मक भएको बताइएको छ । स्थायी कमिटीको बैठक पटकपटक स्थगन भएको र नियमित कार्यसूचीमा छलफल हुन नसकेका कारण पार्टीमा विवाद बढेको छ ।

स्थायी कमिटीमा नियमित कार्यसूचीका अतिरिक्त शक्ति बाँडफाँट र सरकार-पार्टीबीचको समन्वयबारे विवाद बढेको छ । यही साउन १९ को छलफलपछि नेता नेम्वाङले संवादहीनता हटेर अध्यक्षद्वयबीच ससानादेखि हाल सतहमा आएका सबै विषयमा छलफल भएको र दुई अध्यक्ष बसेर सहमति गर्नाको विकल्प नभएको स्पष्ट गरेका थिए ।

पछिल्लो समय यही साउन १३ गतेको पूर्वनिर्धारित स्थायी कमिटीको बैठक स्थगनपछि अध्यक्ष दाहाल सहित बहुमत सदस्यको बैठकले अध्यक्ष ओलीसँग संवाद गर्न अध्यक्ष दाहाललाई जिम्मेवारी दिएकामा सोही भावना बमोजिम दुई अध्यक्षबीच निरन्तर छलफल भएको हो ।

हिजो सोमवार पनि दुबै अध्यक्षवीच भएको वार्तामा पनि नेकपाका सचिवालय सदस्य तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल र संसदीय दलका उपनेता सुवास नेम्वाङलाई साक्षी राखेर पार्टीमा उत्पन्न गतिरोध हटाउन प्रयास गर्ने गरिएको थियो । आजको छलफलमा प्रधानमन्त्री ओलीका पक्षबाट नेता सुभासचन्द नेम्वाङ र प्रचण्ड तर्फवाट झलनाथ खनाल समेत उपस्थित भएका छन् ।

साउन १३ गते बसेको स्थायी कमिटीको बैठकबाट प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीसँग छलफल गरेर पार्टीलाई निकास दिने जिम्मेवारी पाएका अध्यक्ष प्रचण्डले छलफलका लागि नेता खनाललाई आज पनि साथमा लगेका हुन् । अध्यक्ष प्रचण्डले आफू निकट असन्तुष्ट नेताहरुसँग गरेको छलफलमा ती नेताहरुसँग गरेको छलफलमा ती नेताहरुले पार्टी एकता जोगाउन अध्यक्ष ओलीसँग मिलेर अघि बढ्नुको विकल्प नभएको बताएका छन् ।

नेकपाका उपाध्यक्ष बामदेव गौतमले साउन १३ गते मंगलबार मात्रै विवाद समाधानका लागि भन्दै ६ बुँदै प्रस्ताव दुई अध्यक्षलाई बुझाएका थिए । गौतमले पार्टीमा विग्रह आउन नदिन ओलीलाई एकता महाधिवेशनसम्म अध्यक्ष र प्रतिनिधिसभाको यस अवधिभर प्रधानमन्त्री बनाउनेसहित को ६ बुँदे प्रस्ताव बुझाएका थिए ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले मंसिरमा एकता महाधिवेशन गर्ने नयाँ प्रस्ताव अघि सारेका छन् । पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा दिनुपर्ने माग र दबाब बढिरहेको परिप्रेक्षमा ओलीले साउन ३ गते शनिवार बालुवाटारमा बसेको सचिवालय वैठकमा यस्तो प्रस्ताव ल्याएका हुन् ।

तर, वरिष्ठ नेताहरु माधवकुमार नेपाल र झलनाथ खनाल लगायतले भने दुई नेताको सहमति र प्रस्ताव कार्यान्वयन हुनेमा आशंका व्यक्त गर्दै औपचारिक रुपमा प्रस्ताव ल्याउन माग गरेका छन् । साथै बरिष्ट नेता नेपालले मंसिरमा महाधिवेशन सहज नभएको बताएका थिए ।

पार्टीको आन्तरिक विवाद मिलाउन शीर्ष नेतृत्व सक्रिय भएपनि नेताका अडानले सहमति जुट्न सकेको छैन । प्रधानमन्त्री ओलीले दुईमध्ये एक पद छोड्नुपर्ने अडानमा प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल समूह छन् । प्रधानमन्त्री ओलीले भने दुवै पद नछाड्ने स्पष्ट पारेका छन् । प्रधानमन्त्री ओलीले जस्तोसुकै परिस्थिति पनि सामना गर्न आफू तयार रहेको तर राजीनामा दिएर जिम्मेवारीबाट नभाग्‍ने बताउँदै आएका छन् ।

आज मंगलबार प्रधानमन्त्री ओलीसँग छलफल हुनुअघि बिहान प्रचण्ड वामदेवलाई भेट्न उनको भैंसेपाटीस्थित निवास पुगेका छन् । गौतमको निजी सचिवालयले नेताबीचको भेटघाट सामान्य भएको प्रतिक्रिया दिएको छ । नेकपाभित्र विवाद चर्किएका बेला प्रचण्ड गौतमको घरमा पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

केहि समययता प्रधानमन्त्री ओली निकट हुन थालेपछि वामदेवलाई फकाउन प्रचण्ड भैंसेपाटी पुगेका हुन् । प्रचण्डलाई गौतमले आफ्नो ६ बुँदे प्रस्तावमा सहमत हुन आग्रह गरेको स्रोतले बतायो । यसअघि साउन १३ गते मंगलवार गौतमलाई भेट्न प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओली पत्नी राधिका शाक्यसहित भैंसेपाटी पुगेका थिए ।

प्रचण्डले कम्युनिष्ट पार्टीका ४ जना नेतालाई आफूले प्रधानमन्त्री बनाएपनि वामदेवलाई अहिलेसम्म नसकेको तर चाँडै बनाउने भनेर सार्वजनिक अभिव्यक्ति दिएका थिए । यसबीचमा वामदेवले ओलीलाई छाडेर प्रचण्डलाई साथ दिँदै आएका थिए । गौतमको एकपटक प्रधानमन्त्री बन्ने तीब्र इच्छा रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु