८ बैशाख २०८१, शनिबार

काँग्रेस नेता पौडेल र राजदुत हाउ यान्की वीच भेटवार्ता


काँग्रेस नेता पौडेल र राजदुत हाउ यान्की वीच भेटवार्ता

काठमाडौं, साउन १३ । नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेल र नेपालका लागि चीनका राजदुत हाउ यान्की वीच आज भेटवार्ता भएको छ । काँग्रेस नेता पौडेललाई भेट्न राजदुत हाउ यान्की उनको निवास पुगेकी हुन् ।

सयौं वर्ष पहिले देखिको नेपाल र चीन बिचको सुमधुर सम्बन्ध र औपचारिक सम्बन्ध स्थापना भएको ६३ औं वर्ष गाँठको अवसरमा भेटबार्ता भएको नेता पौडेलको सचिवालयले जानकारी दिएको छ ।

भेटमा विपि कोइराला र माओत्से तुङका पालादेखिको नेपाली कांग्रेस र चिनियाँ कम्युनिस्ट पार्टीको वीचको सम्बन्धको चर्चा गर्दै, चीन सरकारले कोभिड-१९ लाई नेपालले नियन्त्रणमा प्राप्त गरेको सफलता र नेपाललाई चीनले कोभिड-१९ नियन्त्रणका लागि यथेष्ट सहयोग गर्नेबारे पनि चर्चा भएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !