४ बैशाख २०८१, मंगलबार

राप्रपाका सुनिल थापासहित ३१ नेताले दिए संयुक्त राजीनामा


सुनिल बहादुर थापा

काठमाडौं, साउन १० । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सुनिल बहादुर थापासहित ३१ नेताहरुले संयुक्त राजीनामा दिएका छन् । पार्टीका तीन अध्यक्ष (कमल थापा, पशुपति शम्शेर राणा र प्रकाशचन्द्र लोहनी) लाई पत्र लेख्दै ३१ नेताले संयुक्त रुपमा राजीनामा बुझाएका हुन् ।

राजीनामा दिनेमा पूर्वमन्त्री सुनिलबहादुर थापा, विष्णुविक्रम थापा, बाबुराम बस्नेत लगायत ३१ नेता रहेका छन् । राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले भने पार्टीका संस्थापक अध्यक्ष सूर्यबहादुर थापाको छोराले आफ्नै बुवाले स्थापना गरेको पार्टी छोडेर गम्भीर भूल गरेको बताएका छन् ।

पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा सुनिल आफ्नो समूहसहित नेपाली कांग्रेस प्रवेश गर्ने तयारीमा छन् । थापालाई पदाधिकारी दिने बताइएको छ ।

नेतृत्व ढुलमुले दृष्टिकोणका साथ अगाडि बढेकाले पार्टी एकीकरणपछि पनि आकर्षण नबढेको र आफूहरुले पटक-पटक ध्यानाकषर्ण गराउँदा पनि जनमत प्रतिकुल अगाडि बढेकाले साथ दिन नसक्ने निष्कर्षमा पुगेको राजीनामा पत्रमा उल्लेख छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु