७ बैशाख २०८१, शुक्रबार

प्रधानन्यायाधीशमाथि महाअभियोग लगाउन सांसद भट्टराईको प्रस्ताव


विशाल भट्टराई

काठमाडौँ, ८ साउन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रभावशाली युवा नेता एवं सांसद विशाल भट्टराईले सस्शत्र प्रहरीका पूर्व डिआइजी रञ्जन कोइरालासम्बन्धी सर्वोच्चको मुद्दामा प्रधानन्यायाधीशमाथि महाअभियोग आउन सक्ने संकेत गरेका छन ।

बिहीबार राति सामाजिक सञ्जाल फेसबुक मार्फत जनप्रिय युवा नेता भट्टराइले अदालतप्रति पुरापुर सम्मान रहे पनि रञ्जन कोइराला प्रकरणमा सर्वोच्चले दिएको फैसलाप्रति घोर आपत्ति जनाएका छन ।

उनले पत्निको बिभत्स हत्या गरेर काराबास ब्यतित गरिरहेका ब्यक्तिलाइ बच्चाको रेखदेखको कुतर्क र झिनो त्यान्द्रो समातेर छुटकारा दिने फैसला आपत्तिजनक रहेको बताएका छन । मुलुकको प्रधानन्यायाधिसकै इजलासबाट यस्तो फैसला आउनु न्यायालयको विश्वास र गरिमा ध्वस्त हुनु हो भने न्यायप्रणाली र कानूनको खिल्ली उडाउनु भएको बताएका छन ।

उनले यस प्रकरणमा सर्वोच्च अदालतले पुनरवलोकन गरेन भने महाअभियोग लगाउन पनि तयार हुनुपर्ने बताएका छन । सांसद भट्टराइको यो प्रस्तावले सर्वोच्चले आफ्नो गल्ती सच्चाउने सक्ने अनुमान गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !