८ बैशाख २०८१, शनिबार

प्रधानमन्त्री ओलीलाई भेट्न अचानक बालुवाटार पुगे देउवा


प्रधानमन्त्री ओली र देउवा बालुवाटारमा फाइल फोटो

काठमाडौं’ साउन ८ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेबहादुर देउवा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटन् अचानक प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । उक्त भेटमा उनले कोरोना र बाढी पहिरोका सम्बन्धमा नेपाली कांग्रेसका तर्फबाट विशेष ध्यानाकर्षण गराएका छन् ।

सभापति देउवाले १२० दिन लामो लकडाउन खुलेपछि बिहीबार विहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार प्रधानमन्त्री ओलीलाई भेटेर यसबारे ध्यानाकर्षण गराएको काँग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

भेटमा सभापति देउवाले कोरोना संक्रमतिको संख्या बढिरहेका बेला लकडाउन खुलेपछिको चुनौती सामना गर्न नयाँ र विशेष रणनीति निर्माणका लागि प्रधानमन्त्री ओलीसँग आग्रह र माग राखेका हुन् ।

लकडाउनका बावजुद संक्रमितको संख्या बीस हजार पुग्न लागेको र तीन दर्जन बढीको मृत्यु भएको कुरा पनि उनले स्मरण गराएका थिए । पीसिआर प्रविधीबाट मात्रै परीक्षण गर्न आग्रह गरेका देउवाले क्वारेन्टिनहरु अझैपनि मापदण्डयुक्त बनाउन सरकारले ध्यान नदिएकोमा आपत्ति प्रकट गरेका छन् ।

विदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई उद्धार गर्ने कार्यमा तिब्रता दिनपनि प्रधानमन्त्री ओलीसँग उनको आग्रह छ । बाढी र पहिरोमा परेर देशका विभिन्न स्थानमा कयौंको मृत्यु, कयौं बेपत्ता र सयौं घरबारबिहीन भएकको उद्धार, राहत र पुनर्स्थापनाका लागि युद्धस्तरमा कार्य गर्न सरकारलाई देउवाको आग्रह छ ।

कोरोना सिर्जित चुनौतीहरुका कारण उब्जिएका विभिन्न क्षेत्रका असन्तुष्टि र आन्दोलनहरुले अघि सारेका जायज मागहरूलाई गम्भीरतापुर्वक लिएर सम्बोधन गर्न पनि सभापतिले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको पौडेलले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !