१३ बैशाख २०८१, बिहिबार

बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी, लकडाउनको मोडालिटी परिवर्तन गर्ने


मन्त्रिपरिषद्

काठमाडौँ, साउन ५ । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक जारी रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिएका छन् । अहिले बसिरहेको बैठकले लकडाउनको मोडालिटी परिवर्तन गर्नेवारे निर्णय हुने बालुवाटार स्रोतले बताएको छ ।

केहीबेरअघि शुरु भएको मन्त्रिपरिषदको नियमित बैठकले केही महत्त्वपूर्ण निर्णयहरु गर्ने सम्भावना रहेको छ । साथै लकडाउनको मोडालिटी अन्तर्गत आन्तरिक हवाई उडान खुलाउने, लामो रुटका सार्वजनिक यातायातको व्यवस्थापन, विद्यालय सञ्चालन लगायतका विषयमा पनि छलफल हुँदैछ ।

कोरोना भाइरस संक्रमणका कारण गत चैत ११ गतेबाट सुरु भएको लकडाउन पछिल्ला दिनमा केही खुकुलो हुँदै आएको छ । अघिल्लो मन्त्रिपरिषद् बैठकले लकडाउनको मोडालिटी परिवर्तन गर्दै काठमाडौ उपत्यका र अन्य जिल्लाको हकमा जिल्ला भित्रमात्र सुरक्षाका विधि अपनाएर सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु