१३ बैशाख २०८१, बिहिबार

ओली-प्रचण्ड बीच आज पनि बालुवाटारमा छलफल जारी


ओली प्रचण्ड

काठमाडौँ, साउन १ । पार्टीभित्रको आन्तरिक विवादका कारण दुर्घटनाको संघारमा पुगेको सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज बिहिवार पनि छलफल जारी रहेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज पनि दुई अध्यक्षबीच पौने १२ बजेदेखि छलफल भइरहेको स्रोतले जानकारी दिएको छ । यसअघि हिजो दुई अध्यक्षबीच छलफल भएको थियो ।

सहमतिका लागि र बाढी पहिरोका कारण भन्दै १ साता नेकपाको स्थायी समिति बैठक स्थगित भएको थियो । स्थायी समिति बैठक भोलि साउन २ गते बोलाइएको छ । पार्टीभित्रको विवादका कारण असार १८ गतेदेखि नेकपा स्थायी समिति बैठक बस्न सकेको छैन ।

पार्टीको आन्तरिक विवाद मिलाउन शीर्ष नेतृत्व सक्रिय भएपनि नेताका अडानले सहमति जुट्न सकेको छैन । प्रधानमन्त्री ओलीले दुईमध्ये एक पद छोड्नुपर्ने अडानमा प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल समूह छन् । प्रधानमन्त्री ओलीले भने दुवै पद नछाड्ने स्पष्ट पारेका छन् । जसले गर्दा पार्टी विभाजन हुनसक्ने भन्दै नेताहरुबीच आन्तरिक छलफल र दौडधुप चलिरहेको छ ।

यो पनि पढ्नुहोस्

ओली-प्रचण्ड बीचको ‘वान टु वान’ वार्ता सकियो, आज पनि सहमति भएन


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !