उद्धारमा खटिन वरिष्ठ नेता पौडेलको आग्रह Nepalpatra उद्धारमा खटिन वरिष्ठ नेता पौडेलको आग्रह
८ आश्विन २०७९, शनिबार

उद्धारमा खटिन वरिष्ठ नेता पौडेलको आग्रह


रामचन्द्र पौडेल

दमौली, २९ असार । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँका विभिन्न ठाउँमा पहिराका कारण भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै उद्धारमा खटिन कार्यकर्तालाई आग्रह गर्नुभएको हो ।

वरिष्ठ नेता पौडेलले आज एक विज्ञप्ति जारी गरी स्थानीय तहका जनप्रतिनिधि, नेपाली काँग्रेसका नेता तथा कार्यकर्तालाई घटनास्थलमा पुगेर उद्धार एवम् राहतमा खट्न आग्रह गर्नुभएको हो । बाढीपहिरा जस्ता प्राकृतिक प्रकोपमा आपतकालीन संयन्त्रको प्रयोग गरी तत्काल उचित उद्धार, राहत साथै विस्थापितलाई बासको व्यवस्था मिलाउन वरिष्ठ नेता पौडेलले सरकारसँग माग गर्नुभएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !