७ बैशाख २०८१, शुक्रबार

प्रधानमन्त्री हुन चुनाव र अध्यक्ष हुन महाधिवेशन पर्खिनुहोस् : ओली


ओली-प्रचण्ड बीच बालुवाटारमा छलफल शुरु

काठमाडौं, असार २५ । नेकपा अध्यक्षद्वयबीच चार दिनयता जारी छलफल बुधबार आएर झनै बिग्रिएको छ। प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच अब बिहीबार छलफल हुन्छरहुन्न भन्ने टुंगो पनि छैन।

आइतबार आरोपरप्रत्यारोप चल्यो। सोमबार प्रधानमन्त्री ओली र मंगलबार अध्यक्ष दाहालले आफ्ना कुरा खुलस्त राखे। सहमतिको उपाय खोज्न बुधबार साँझ दुई घण्टा प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसेको थियो।

‘बुधबारको छलफल झन् बिग्रियो। प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्ड ९दाहाल० दुवै जना आआफ्नै अडानमै रहनुभयो’, नेकपा सचिवालयका एक सदस्यले भने, ‘त्यसपछि प्रधानमन्त्रीले पार्टी बैठक राखेर बहुमतबाट निर्णय गर्नुहोस् न किन पछि हटिरहनुभएको छ भन्नुभएछ। फेरि चर्काचर्की भएर उहाँहरू उठनुभएछ।’दाहालले बुधबार प्रधानमन्त्री र पार्टी अध्यक्षमध्ये एक पद छोड्न ओलीसमक्ष माग गरे। तर, ओलीले पार्टीका नेताहरूले भनेकै आधारमा आफूले दुवै पद नछोड्ने अडान लिए।

‘तपाईंले केही पनि छोड्दिनँ भनेर कहाँ छुट पाउनुहुन्छ, एउटा पद स्वेच्छाले त्याग्नुस्, दुवै त्याग्नुपर्छ भनेका छैनौं। प्रधानमन्त्री पद त्याग्नुस्। सहमतिमा निकास दिनुहोस्’, दाहालले छलफलमा ओलीलाई भनेको उद्धृत गर्दै ती सचिवालय सदस्यले भने, ‘प्रधानमन्त्रीले पनि पार्टी बैठक राखेरै बहुमतको निर्णय गरेर देखाउन चुनौती दिनुभएछ। त्यसपछि हिजोअस्ति बनेको छलफलको वातावरण झन् बिथोलिएछ।’

ओलीले २०७६ मंसिर ४ कै सहमतिभन्दा अगाडि जान नसकिने बटमलाइन दाहाललाई सुनाए। त्यसबेला नेकपा सचिवालयमा दाहाललाई दल (पार्टी) र ओलीलाई पाँच वर्ष प्रधानमन्त्री चलाउन दिने गरी दुई अध्यक्षको कार्यविभाजनमा सहमति बनेको थियो।

‘तपाईंहरूको बटमलाइन दुईमध्ये एक पद बनाउन खोज्नुभएको हो भने मेरो पनि बटमलाइन एउटै छ। त्यो भनेको मंसिर ४ कै सहमतिको थप व्याख्या आवश्यक भए गरेर जाने, त्यसभन्दा अगाडि धेरै बढ्न अहिले सकिँदैन। सहमति खोज्ने हो भने यसमै आउनुस्, होइन भने थप केही कुरा छैन’, ओलीले दाहालसँग बुधबार भने।

उनले महाधिवेशनपछि आफू नेतृत्वमा नआउने, अर्को चुनावपछि प्रधानमन्त्री बन्ने रहर पनि नगर्ने भन्दै अहिले जस्तो गरी कार्यविभाजन भएको छ दुई अध्यक्षबीच उसरी जान दाहालसँग आग्रह गरेको पनि ती नेताले बताएको आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खवर छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !