८ बैशाख २०८१, शनिबार

सीके राउतको पार्टीका २ जना पूर्वजिल्ला संयोजकद्वारा पार्टी परित्यागको घोषणा


डा. सीके राउत

लहान, २४ असार । डा. सीके राउत नेतृत्वको जनमत पार्टी सिरहाका २ जना पूर्वजिल्ला संयोजकसहित एक दर्जनभन्दा बढी नेता कार्यकर्ताले सामूहिक रुपमा पार्टी परित्याग गरेका छन् ।

पार्टी अध्यक्ष डा राउतले पार्टीका नेता कार्यकर्ताको प्रतिष्ठा प्रति कुनै चासो नदेखाएको, एक्लौटी ढङ्गबाट पार्टी सञ्चालन भएको, पार्टीभित्र एकल, तानाशाही अपारदर्शी प्रवृत्ति बढ्ेकोलगायतका आरोप लगाउँदै १४ जना नेता कार्यकर्ताले सामूहिक रुपमा पार्टी परित्याग गरेका हुन् ।

जनमत पार्टी सिरहाका पूर्वजिल्ला संयोजकद्वय चन्देश्वर महतो र केदारनाथ यादवसहित लहान नगरपालिका संयोजक देवकान्त सिंह, सिरहा नगरपालिका संयोजक विपीन यादव, सुखीपुर नगरपालिका संयोजक सत्रुधन महतो, धनगढीमाई नगरपालिका संयोजक बैधनाथ महतो, नरहा गाउँपालिकाका संयोजक मनोज यादव, नवराजपुर गाउँपालिकाका संयोजक रामशङ्कर यादव, गोलबजार नगरपालिकाका संयोजक देवेन्द्रप्रसाद महतो, विष्णुपुर गाउँपालिकाका संयोजक वीरेन्द्रकुमार यादव तथा पार्टीका सक्रिय सदस्य अशेश्वर कामती, महेश महतो, भोलाजित नेपाल र जितेन्द्रकुमार सिंहले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै पार्टी परित्यागको घोषणा गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !