१३ बैशाख २०८१, बिहिबार

ओली-प्रचण्ड बीच बालुवाटारमा छलफल शुरु


ओली-प्रचण्ड बीच बालुवाटारमा छलफल शुरु

काठमाडौं, असार २४ । पार्टीभित्रको आन्तरिक विवादका कारण दुर्घटनाको संघारमा पुगेको सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज बुधवार छलफल शुरु भएको छ ।

केहीबेर समयअघि प्रचण्ड बालुवाटर पुगेको र छलफल सुरु भएको बालुवाटार स्रोतले जानकारी दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा दुई अध्यक्षहरू बीच केहिबेर अघि शुरु भएको छलफलमा पार्टीमा जारी गतिरोध अन्त्य र स्थायी कमिटिका लागि सहमति जुटाउने प्रयास गर्ने ठानिएको छ । आज पनि छलफल गरेर सहमतिमा पुग्ने आशा गरिएको छ ।

अध्यक्ष प्रचण्ड, नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल लगायतले ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्षबाट राजीनामा दिनुपर्ने बताएका छन् भने ओलीले दुबै पद नछाड्ने अडान राखेका छन् । जसले गर्दा पार्टी विभाजन हुनसक्ने भन्दै नेताहरुबीच आन्तरिक छलफल र दौडधुप चलिरहेको छ ।

यसबीचमा दुई अध्यक्षबीच पटक पटक कुराकानी भएपनि सहमति हुन सकेको छैन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज बस्ने भनिएको स्थायी कमिटी बैठक स्थगित भएर बैठक भोलि असार २६ गते शुक्रवार बिहान ११ बजे बस्ने भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !