८ बैशाख २०८१, शनिबार

सभामुख सापकोटाको डा. सन्दुक रुइतले गरे आँखाको शल्यक्रिया


सभामुख सापकोटाको डा. सन्दुक रुइतले गरे आँखाको शल्यक्रिया

काठमाडौं, असार २४ । सभामुख अग्नि सापकोटाको आँखाको शल्यक्रिया गरिएको छ । सापकोटाको मोतियाबिन्दुको शल्यक्रिया गरिएको उनका प्रेस संयोजक श्रीधर न्यौपानले जानकारी दिएका छन् ।

काठमाडौंको तिलगंगा आँखा अस्पतालमा वरिष्ठ चिकित्सक डा. सन्दुक रुइत सहितको टोलीले आज बिहान १०ः३० बजे उनको दायाँ आँखाको शल्यक्रिया गरेको हो । केही समययता सभामुख सापकोटाको आँखामा समस्या देखिएको थियो ।

उपचारका क्रममा लागेको सम्पूर्ण खर्च राज्यकोषमा व्ययभार नपर्नेगरी सभामुख सापकोटा स्वयमले व्यहोरेको उनको सचिवालयले जनाएको छ । शल्यक्रियापछि सभामुख सापकोटा आराम गरिरहेका छन् ।

सभामुख सापकोटाले शल्यक्रियामा संलग्न वरिष्ठ चिकित्सक डा. सन्दुक रुइत सहितको टोली र तिलगंगा आँखा अस्पताल परिवारप्रति आभार व्यक्त गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !