१३ बैशाख २०८१, बिहिबार

सरिता गिरीको ठाउँमा लीला सिटौलालाई सांसद बनाउने समाजवादी पार्टीको निर्णय


लीला सिटौला

२३ असार, काठमाडौं । समाजवादी पार्टीले ललितपुर निवासी लीला सिटौलालाई प्रतिनिधिसभा सदस्य बनाउने भएको छ । सांसद सरिता गिरीलाई पार्टीले कारवाही गरेर सांसद पदबाट हटाउने निर्णय गरेपछि सिटौला प्रतिनिधिसभा सदस्य बन्ने भएकी छिन् ।

गिरी समाजवादी पार्टीबाट खस आर्य महिलाको कोटामा समानुपातिक सांसद बनेकी थिइन् । पार्टीको कारवाहीपछि अब उनको सांसद पद समाप्तिसँगै बन्दसूचीमा उनीभन्दा मुनि रहेकी लीला सिटौला स्वतः सांसद बन्न पाउने छिन् ।

सिटौला समाजवादी पार्टीकी केन्द्रीय सदस्य हुन् । उनी पुरानै वामपन्थी कार्यकर्ता हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !