४ बैशाख २०८१, मंगलबार

सांसद सरिता गिरीलाई कारबाही गर्न कार्यदलको सिफारिस, सांसद पद खतरामा !


सरिता गिरी फाइल फोटो

२३ असार, काठमाडौं । जनता समाजवादी पार्टीको कार्यदलले सांसद तथा पार्टीकी नेतृ सरिता गिरीलाई कारबाही गर्न सिफारिस गरेको छ ।

छानविन गर्न समाजवादी पार्टीले महासचिव रामसहायप्रसाद यादवको नेतत्वमा तीन सदस्यीय कार्यदल बनाएको थियो । कार्यदलले उनलाई कारबाही गर्न सिफारिस गरेको स्रोतले बतायो ।

लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटिएको नयाँ नक्साअनुसार निशान छाप परिर्वतन गर्न सरकारले ल्याएको संविधान संशोधन विधेयकमा गिरीले संशोधन प्रस्ताव दर्ता गराएकी थिइन् ।

उनले नेपालको दावी नपुग्ने भन्ने आशयको संशोधन प्रस्ताव दर्ता गराएकी थिइन् । पार्टीले निर्णय गरेमा गिरीको सांसद पद कायम रहने छैन ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु