१३ बैशाख २०८१, बिहिबार

कैलालीमा ओली-प्रचण्ड समूहबीच झडप


कुटाकुट

धनगढी, असार २२ । सत्तारूढ दल नेपाल कम्युनिष्ट पाटी (नेकपा) भित्र शीर्ष नेताहरू बीच विवाद चुलिएका बेला कैलालीमा नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाकै अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ समूहबीच झडप भएको छ ।

सोमबार साझ ५ बजे लम्की चोकमा सचेत नागरिक समाजले प्रधानमन्त्री ओलीको सर्मथन गर्दै कार्यक्रम आयोजना गरेको थियो । सोही क्रममा दुवै पक्षबिच भएको विवाद हात हालाहाल सम्म पुगेको थियो ।

सचेत नागरीक समाजको तर्फबाट ओली पक्ष निकट मानिदै आएका पत्रकार सम थापाले प्रधानमन्त्रीको बचाउ गदै गरेको भाषण गरेका थिए । लगत्तै बोल्न माईक समाएका लम्कीचुहा नेकपाका नेता नरबहादुर खड्काले ओलीको बचाउ गदै प्रचण्डले बकम्फुसे कुरा गरेको आरोप लगाएका थिए । त्यसपछि प्रचण्ड निकटका केही युवाहरु खड्का माथि खनिएका थिए । झडप शुरु भएपछि प्रहरीको टोलीले उक्त झडप साम्य पारेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !