११ बैशाख २०८१, मंगलबार

ओली-प्रचण्ड ‘वान टु वान’ वार्ता सम्पन्न, सकारात्मक छलफल भएको दाबी


प्रधानमन्त्री ओली र प्रचण्डबीच बालुवाटारमा भेटवार्ता

काठमाडौँ, असार २२ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बालुवाटारमा भएको भेटवार्ता सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफल सकरात्मक भएको स्रोतको दाबी छ ।

दुई अध्यक्षबीच के कुराकानी भयो भन्ने खुलेको छैन । तर प्रचण्ड प्रफुल्ल मुद्रामा बाहिरिएको बालुवाटार स्रोतको दावी छ । बालुवाटार स्रोतका अनुसार दुई अध्यक्षका बीचमा गम्भीर ढंगल छलफल गर्ने सहमति भएको र अब छलफलका लागि क्रमश: वातावरण बन्दै गएको बुझिएको छ । आजको भेटमा नेकपा अध्यक्ष प्रचण्डले कुनै कार्यदल नबनाइकन दुई जनाकै बीचमा छलफल गर्न जरूरी रहेको समेत बताएका थिए ।

बैठकमा प्रचण्डले दुई अध्यक्षकै बीचमा छलफल गर्नुपर्ने बताएका थिए । दोश्रो तहका नेताहरूभन्दा पनि आवश्यक परे बरिष्ठ नेतालाई बैठक राख्न जरूरी रहेको बताएका थिए । उनले वरिष्ठ नेताहरूसँग छलफल गरेर अगाडि बढ्नुपर्ने समेत बताएको स्रोतले जानकारी दिएको छ ।

पार्टीभित्रको आन्तरिक विवादका कारण दुर्घटनाको संघारमा पुगेको सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज सोमवार निर्णायक छलफल जारी रहेको थियो ।

प्रधानमन्त्री निवास बालुवाटारमा दुई अध्यक्षहरू बीच शुरु भएको छलफलमा पार्टीमा जारी गतिरोध अन्त्य र स्थायी कमिटिका लागि सहमति जुटाउने प्रयास गर्ने ठानिएको थियो । आज छलफल गरेर सहमतिमा पुग्ने आशा पनि गरिएको थियो ।

यसअघि हिजो दुई अध्यक्ष बीच गतिरोध अन्त्यका लागि छलफल भएपनि सहमतिमा पुग्न सफल भएन । आइतबारको वार्तामा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालका साथै महासचिव विष्णु पौडेल, स्थायी समिति सदस्यहरु शंकर पोखरेल वर्षमान पुन तथा जनार्दन शर्मा सहभागी रहेका थिए ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज बस्ने भनेको स्थायी कमिटी बैठक स्थगित भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले दिएको जानकारी दिएका छन् । उनका अनुसार अर्को बैठक असार २४ गते बुधवार बिहान ११ बजे बस्ने भएको छ ।

स्थायी समितिमा प्रधानमन्त्री केपी ओलीको राजीनामा माग्ने तयारी छ । तर ओली कुनै हालतमा राजीनामा नदिने अडानमा छन् । जसले गर्दा पार्टी विभाजन हुनसक्ने भन्दै नेताहरुबीच आन्तरिक छलफल र दौडधुप चलिरहेको छ ।

आन्तरिक विवाद मिलाउन आइतबार प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल हुँदा दोस्रो तहका चार नेतालाई सहमतिको खाका बनाउन औपचारिक रुपमा जिम्मेवारी दिइएको थियो ।

कार्यदलले परामर्श र खाका निर्माणको काम गरिरहेको छ । नेकपाका केन्द्रीय प्रचार विभागका उपप्रमुख सूर्य थापाले आजका लागि बैठक स्थगन भएको जानकारी दिनुभयो । कार्यदलमा महासचिव विष्णुप्रसाद पौडेल तथा स्थायी कमिटी सदस्य शङ्कर पोखरेल, जनार्दन शर्मा र वर्षमान पुन रहनुभएको छ । सहमतिका लागि प्रस्तावित भनी बाहिर आएको पाँचबुँदे खाकाका बारेमा अध्यक्ष दाहालको सचिवालयले खण्डन गरी पार्टी एकता नभड्काउन आग्रह गरेको छ ।

यो पनि पढ्नुहोस्

नेकपाका दोस्रो तहका चार नेताहरु सहमतिको खाका तयार गर्दै

ओली-प्रचण्ड बीच बालुवाटारमा निर्णायक छलफल जारी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !