१२ बैशाख २०८१, बुधबार

ओली-प्रचण्ड बीच बालुवाटारमा निर्णायक छलफल जारी


ओली-प्रचण्ड

काठमाडौँ, २२ असार । पार्टीभित्रको आन्तरिक विवादका कारण दुर्घटनाको संघारमा पुगेको सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज सोमवार निर्णायक छलफल जारी रहेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा दुई अध्यक्षहरू बीच शुरु भएको छलफलमा पार्टीमा जारी गतिरोध अन्त्य र स्थायी कमिटिका लागि सहमति जुटाउने प्रयास गर्ने ठानिएको छ । आज छलफल गरेर सहमतिमा पुग्ने आशा गरिएको छ ।

यसअघि हिजो दुई अध्यक्ष बीच गतिरोध अन्त्यका लागि छलफल भएपनि सहमतिमा पुग्न सफल भएन । आइतबारको वार्तामा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालका साथै महासचिव विष्णु पौडेल, स्थायी समिति सदस्यहरु शंकर पोखरेल वर्षमान पुन तथा जनार्दन शर्मा सहभागी रहेका थिए ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज बस्ने भनेको स्थायी कमिटी बैठक स्थगित भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले दिएको जानकारी दिएका छन् । उनका अनुसार अर्को बैठक असार २४ गते बुधवार बिहान ११ बजे बस्ने भएको छ ।

स्थायी समितिमा प्रधानमन्त्री केपी ओलीको राजीनामा माग्ने तयारी छ । तर ओली कुनै हालतमा राजीनामा नदिने अडानमा छन् । जसले गर्दा पार्टी विभाजन हुनसक्ने भन्दै नेताहरुबीच आन्तरिक छलफल र दौडधुप चलिरहेको छ ।

यो पनि पढ्नुहोस्

नेकपा स्थायी कमिटी बैठक असार २४ गतेसम्म स्थगित


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !