पार्टी एकता कायम राख्न नेकपा मुख्यालयमा धर्ना Nepalpatra पार्टी एकता कायम राख्न नेकपा मुख्यालयमा धर्ना
३१ चैत्र २०७७, मंगलबार

पार्टी एकता कायम राख्न नेकपा मुख्यालयमा धर्ना


पार्टी एकता कायम राख्न नेकपा मुख्यालयमा धर्ना

काठमाडौँ, १९ असार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का युवा नेताले एकता कायम राख्नुपर्ने भन्दै पार्टी मुख्यालय धुम्बाराहीमा धर्ना दिएका छन् । पार्टीका शीर्ष नेताबीच विवाद चुलिएपछि पार्टी एकतालाई जोगाउनका लागि आज दिउँसो १ः०० बजेदेखि ३ः०० बजेसम्म केन्द्रीय सदस्यले पार्टी मुख्यालयमा धर्ना दिनुभएको हो ।

नेकपाका केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले पार्टीमा देखिएका समस्या समाधान गर्न नेतृत्वलाई दबाब दिनका लागि भेला आयोजना गरिएको बताउनुभयो । “पार्टी विचार र कार्यदिशामा फरक नआइकन पार्टी फुट्नु हुँदैन”, उहाँले भन्नुभयो, “तर अहिले पार्टीभित्र विचार र कार्यदिशामा फरक देखिएको छैन, त्यसैले पार्टीलाई एक ढिक्का बनाउनु पर्दछ भन्ने सन्देश दिन धर्ना गरिएको हो ।”

उहाँले पार्टी नीति र विधिबाट चलाउन दबाब दिनका लागि पनि भेला भएको बताउनुभयो । विसं २०७५, जेठ ३ गते तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच पार्टी एकता भई नेकपा बनेको हो ।

पार्टी एकता पूरा नभई एकता प्रक्रिया नै रोकिन थालेपछि पार्टी एकता कायम हुनुपर्ने भन्दै धर्ना दिइएको नेकपाका केन्द्रीय सदस्य ठाकुर गैरेले बताउनुभयो । उहाँले अहिले पार्टी विभाजन आवश्यकता नरहेको भन्दै पार्टी एकतामा आफूहरुको जोड रहेको बताउनुभयो । उहाँले पार्टीभित्रको समस्या पार्टीभित्र नै समाधान गर्नसमेत नेतृत्वलाई आग्रह गर्नुभयो । उहाँका अनुसार शनिबार पुनः २ः०० बजे पार्टी एकता कायम राख्नका लागि धर्ना दिइने छ । धर्नामा डा विजय पौडेल, जगन्नाथ खतिवडा, हिमाल शर्मा, रामकुमारी झाँक्रीलगायत २२ केन्द्रीय सदस्यको सहभागिता थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !