८ बैशाख २०८१, शनिबार

प्रधानमन्त्री ओलीको सर्मथनमा सुर्खेतका युवा सडकमा


प्रधानमन्त्री ओलीको सर्मथनमा सुर्खेतका युवा सडकमा

वीरेन्द्रनगर, १९ असार । सुर्खेतमा प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा प्रर्दशन भएको छ । सत्तारुढ दल नेकपाभित्र अन्तरद्वन्द्वका बीच प्रधानमन्त्री ओलीको समर्थनमा युवाहरुले प्रदर्शन गरेका हुन् । वीरेन्द्रनगरस्थित मङ्गलगढी चोकबाट शुरु गरिएको प्रदर्शन बजार परिक्रमा गरेको थियो ।

प्रर्दशनमा ठूलो सङ्ख्यामा युवाहरुको सहभागिता रहेको थियो । पार्टीभित्र ओलीलाई प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने माग स्थायी समितिमा उठिरहेका बेला उहाँको समर्थनमा युवा तथा विद्यार्थीहरुले प्रदर्शन गरेका हुन् । उनीहरुले दुवै पदबाट ओलीलाई हटाउन नहुने भन्दै प्रदर्शन गरेका थिए ।

प्रदर्शनमा सहभागीले सरकार ढाल्न पाइँदैन, आज होइन भोलिलाई, हाम्रो समर्थन ओलीलाई भन्दै नाराबाजी गरेका थिए । प्रदर्शनमा सहभागी अनेरास्ववियुका केन्द्रीय सदस्य प्रेम खड्काले राष्ट्रघाती शक्ति लागेको भन्दै राष्ट्रवादी शक्तिलाई बचाउन नसकिए देश नरहने बताउनुभयो । अनेरास्ववियु जिल्ला संयोजक भुपेन्द्र शाहीले देश कोरोना महामारीको सङ्क्रमणविरुद्ध लडिरहेको अवस्थामा सरकारलाई सहयोग गर्नुपर्ने बताउनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !