१३ बैशाख २०८१, बिहिबार

पहिलो अध्यक्षले नै पार्टी फुटाउनुभयो भने के लाग्छ र : अध्यक्ष दाहाल


पुष्पकमल दाहाल

१८ असार, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवादले पछिल्लो समय सामाजिक संजालदेखि मिडियामा निकै चर्चाको विषय बनेको छ ।

पार्टीभित्र प्रधानमन्त्री तथा पार्टी अध्यक्षको राजीनामा मागेपछि ओली संकटमा परेका छन् ओली पद जोगाउनको लागि हम्मे-हम्मे भएको छ ।

पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी फुट र ऐतिहासिक एकताको मझधारमा रहेको बताएका छन् । उनले पार्टीको जीवनमा यो बैठक ऐतिहासिक हुने बताएका छन् ।

स्थायी कमिटी बैठकलाई सम्बोधन गर्दै प्रचण्डले भने, “पार्टी एकतालाई जोगाउन हामी अहिले पनि प्रयास गरिरहेका छौं । हाम्रो प्रयास सफल भयो भने पार्टीमा ऐतिहासिक एकता कायम हुन्छ । त्यो प्रयास सफल भएन । पहिलो अध्यक्षले नै अध्यादेश ल्याएर पार्टी फुटाउनुभयो भने कसको के लाग्छ र ?’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !