, यस कारण नेकपा स्थायी कमिटी बैठक रोकियो, ओली र प्रचण्डवीच वार्ताको तयारी

यस कारण नेकपा स्थायी कमिटी बैठक रोकियो, ओली र प्रचण्डवीच वार्ताको तयारी

काठमाडौँ । बिहीबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले संसद्को बजेट अधिवेशन अन्त्य गर्न अचानक निर्णय गरेपछि नेकपा स्थायी कमिटी बैठक पनि प्रभावित भएको छ ।

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली बिना नै संचालन भएको उक्त बैठकमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली आउन नमानेपछि अहिले स्थायी कमिटी बैठक रोकिएको छ । बैठक रोकिएपछि अहिले ओलीसँग अर्का अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताद्वय माधव नेपाल र झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, महासचिव विष्णु पौडेललगायतका सचिवालय नेताहरु छलफलमा जुटेका छन् ।